पौने करोड रकमसहित भारतीय नागरिक काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले स्रोत नखुलेको आधा करोडभन्दा धेरै रकम बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको ६५ लाख ८ हजार रुपियाँ बरामद गरेको हो । नगदसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो रकम सोमबार दिउँसो तीन बजे काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट बरामद गरिएको थियो ।

कुलेश्वर बस्ने भारतीय नागरिक शंकर सिंह र बारा जिल्लाको जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

अवैध नगद कारोवार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2020 June 29, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया