बारामा लागुऔषधसहित दुई जना पक्राउ

कृष्णा यादब

वीरगञ्ज । बारा जिल्लामा ईलाका प्रहरी कार्यालय प्रसौनीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको प्रसौनी र मुशहार्वाको संयुक्त टोलीले विशेष सूचनाका अधारमा दुई जनालाई पक्राउ गरेको हो ।

बाराको बिश्रामपुर गाउँपालिका–५ स्थित सिचाइँको नजिकै भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा ल्याइएको लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम यादबले जानकारी दिए ।

१९२ थान नुर्फिन लगायतको लागुऔषधसहित अवैध लागुऔषध बोकेको ना १० प ९१०२ नम्बरको मटरसाइकल नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका ४५ वर्षीय बाबुलाल साह कानु र श्रीपुरका ४६ वर्षीय श्रीकान्त ठाकुरलाई पक्राउ गरिएको निरीक्षक यादवले बताए ।

Published : Monday, 2020 June 29, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया