काठमाडौं प्रहरीकै ‘सीआईडी’ पक्राउ

काठमाडौं । अबैध रुपमा दश लाख रुपियाँ मागेको अभियोगमा काठमाडौं प्रहरीका घुमुवा (सीआईडी) पक्राउ परेका छन् ।

प्रहरी हवल्दार धिरेन विष्टलाई हुण्डी कारोबार गर्ने व्यक्तिसँग रकम मागेको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी हवल्दार बिष्ट र विक्रम चन्दलाई पक्राउ गरेको जनाएको छ ।

विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकमा खटिने प्रहरी हुन् । विष्टसँगै पक्राउ परेका चन्द प्रहरी प्रधान कार्यालको २ नम्बर गणमा कार्यरत छन् ।

विष्टले चन्दसँग मिलेर न्युरोडका एक व्यापारीबाट १० लाख मागेको खुलेको छ । उनीहरूलाई महाशाखाको टोलीले बुधबार नियन्त्रणमा लिएको छ ।

Published : Thursday, 2020 June 25, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया