ललितपुरमा १७ वर्षीया छोरी करणी गर्ने बुबा पक्राउ

काठमाडौं । ललितपुर जिल्लामा आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक जिल्ला स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका – ६ बस्ने ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ती पुरुषले ०७६ कात्तिक १२ गतेदेखि बिभिन्न डर त्रासमा पारी पटक–पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

Published : Tuesday, 2020 June 23, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया