हातहतियारसहित एक्काईस वर्षीया महिला पक्राउ, साथमा भेटिए तन्नेरी

सुर्मा । बझाङ जिल्लाको गजौनमा प्रहरीले दुई जनालाई सहतियारसहित पक्राउ गरेको छ ।

सुर्मा गाउँपालिकाको वडा नम्बर २, गजौन बस्ने ३२ वर्षीय लोकबहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीया निर्मला बिसीलाई हातहतियारसहित बिहीबार बिहान पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान, सोही बन्दुकको छर्रा २ सय ९३ थान, बारुदको डिब्बा ४ वटा, खुकुरी १ थान, हसिया १ थान, चक्कु १ थान, हतियार धारिलो बनाउने ढुङगा १ थान, टर्च १ थान, मोबाइल १ थान र फलामको किला १ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका ती दुवै जना उपर बहुबिवाहको मुद्दामा रहेको छ । वारदात मितिदेखि नै फरार रहेका उनीहरूको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी चौकी दौलीचौरबाट खटिएको प्रहरीले सुर्मा गाउँपालिका वडा नम्बर २ स्थित ओढारमा लुकीछुपी बसेको अवस्थामा दुवै जनालाई हातहातियारसहित फेला पारी पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 June 18, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया