पर्सामा तस्करीको सामानसहित दुई जना पक्राउ

कृष्णा यादब

वीरगञ्ज । पर्सा प्रहरीले नेपालबाट भारततर्फ अबैध रुपमा निकासी हुँदै गरेको ठूलो मात्राको छोकडा, केराउ र मरिच पक्राउ गरेको छ ।

ट्याक्टरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले बुधबार क्वोरेक्स १६ बोटलसहित वडा नम्बर ३ छपकैया बस्ने अमन शेखलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पन्तले बताइन् ।

पक्राउ गरिएको छोकडा, मरिच, केराउ, ज्वानोको बजार मूल्य करीव ७ लख ८८ हजार ३ सय ५० हजार रुपियाँ बराबरको रहेको छ ।

पर्सा प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर ना ३ त ७०० नम्बरको उक्त ट्याक्टर चालक वीरगञ्ज १६ ईनार्वा निवासी वर्ष ३६ को वीरेन्द्र पटेललाई पक्राउ गरेको छ ।

प्रहरीले नेपालबाट अबैध रुपमा बरामद गरेको उक्त छोकडा पर्सा जिल्लाको विभिन्न नाकाको दशगजा क्षेत्र नजिकैबाट बरामद गरेको थियो ।

पर्सा प्रहरी क्राइम ब्राञ्चका प्रहरी निरीक्षक रविभुषण यादबले तस्करीको समान नियन्त्रणमा लिएको जनाइएको छ ।

Published : Thursday, 2020 June 18, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया