काठमाडौंमा जुवा खेल्ने महिलाहरूको ग्याङ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा महिलासहित नौ जनालाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

काठमाडौंको रविभवनस्थित श्याम श्रेष्ठको घरमा तास खेलिरहेका ९ जनालाई नगद १ लाख रुपियाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे रोशी गाउँपालिका ५ घर भएकी ४५ वर्षीया कान्छी लामा, धनुषा जनकपुर घर भएकी ३४ वर्षीया अनिता कुशवाहा, काठमाडौंको लैनचौर घर भएकी ३७ वर्षीया शर्मिला मसाल श्रेष्ठ रहेकी छिन् ।

धादिङ थाक्रे गाउँपालिका ७ घर भई काठमाडौंको १४ कुलेश्वर बस्ने ३४ वर्षीय राजु भुजेल, धादिङ थाक्रे गाउँपालिका ५ घर भई काठमाडौंको कालीमाटी बस्ने ४२ वर्षीय आस्मान लामा, गोरखाको गोरखा नगरपालिका १३ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ४४ वर्षीय फूलबहादुर गुरुङ, काभ्रे नवबुद्ध नगरपालिका ६ घर भई हाल काठमाडौंको लाम्पाटी बस्ने ५५ वर्षीय धनबहादुर तामाङ, काभ्रे बनेपा नगरपालिका १ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय यज्ञकुमार श्रेष्ठ र रामेछाप सुनापती गाउँपालिका ४ घर भई हाल ललितपुर ईमाडोल बस्ने ३६ वर्षीय दीपक थापा पनि पक्राउ परेका छन् ।

उता, प्रहरीले झापा जिल्लाको कनकाई नगरपालिका ३ टप्पु टोलस्थित चेतनकुमार प्रसाइँको घरमा जुवा (कौडा) खेलिरहेका ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३ बस्ने ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लीलु अग्रवाल, ३६ सुरज चुडाल, ४० वर्षीय हरि खरेल तथा ३१ वर्षीय ओमप्रकाश चापागाइँ रहेका छन् ।

सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय मानबहादुर श्रेष्ठ र ३५ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद ७१ हाजर १० रुपियाँ र कौडा १६ थान लागायतका सामान सहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

Published : Sunday, 2020 June 14, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया