नायिका बस्नेतलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं । नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी छिन् ।

बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको बताएकी छिन् । उनले अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।

बस्नेतले फिल्म ‘जानी नजानी’मा अभिनय गरेकी छिन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी छोरी हुन् ।

उनी केही समयदेखि मुम्बईमा छिन् । मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको नायिका बस्नेतले जनाएकी छिन् ।

‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको नायिका बस्नेतले बताएकी छिन् ।

नायिका बस्नेत हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छिन् ।

दुई वर्षअघि फिल्म ‘जानी नजानी’को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् ।

Published : Friday, 2020 June 12, 7:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया