भुपु र मेलिनाको स्वरमा ‘छोटो छ जिन्दगी’

काठमाडौं । गायक भुपु पाण्डेले ‘छोटो छ जिन्दगी’ बोलको गीत रिलिज गरेका छन् ।

पाण्डेलाई गीतमा मेलिना मैनालीले स्वरमा साथ दिएकी छिन् । शब्द भने नारायण नेपालले लेखेका हुन् । गीतमा संगीत पाण्डेले नै दिएका छन् ।

अछाम जिल्ला र भारतको राजिस्थानमा छायाँकन गरिएको भिडियोमा गायक पाण्डे र उषा उप्रेतीले अभिनय गरेका छन् ।

योगेश दाहालको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियोलाई निर्देशन सागर बाबु भट्टले गरेका हुन् । भिडियोको परिकल्पान पाण्डेकै हो ।

Published : Thursday, 2020 June 11, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया