गोदावरीको टौखेलमा युवकको शव भेटियो

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको टौखेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको हत्या भएको हो ।

शव हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

मासु पसल संचालन गर्ने शाहीको मासु काट्ने हतियारबाटै हत्या भएको जनाइएको छ । हतियार घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी परिचालन भएको जनाउँदै अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरीको भनाई छ । अनुसन्धान शुरु भएकाले विस्तृत भन्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2020 June 10, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया