प्रदेश २ को राजधानीमा गोली हानेर युवकको हत्या

जनकपुरधाम । प्रदेश २ को प्रहरी मुख्यालय रहेको धनुषा जिल्लामा एक जना युवकको गोली हानेर हत्या भएको छ ।

मंगलबार राति सबैला नगरपालिकाको वडा नम्बर ७ स्थित घरमै रहेका बेला घरबाट बाहिर बोलाएर २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो । हत्याको कारण र हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले घर छेउमै रहेको पोखरीको डिलमा लगेर मण्डललाई गोली हानेर हत्या भएको बताए । हत्याको अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार मण्डललाई चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । सोही बेला गोली हानेर हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।

Published : Wednesday, 2020 June 10, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया