कान्छीबजारमा पाँच जनाकाे सामूहिक हत्या, तन्नाले ढाकियाे शव

बुटवल । रुपन्देही जिल्लामा पाँच जनाको सामूहिक हत्या भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १० कान्छीबजारमा हत्या भएको प्रहरीले जनाएको छ ।

मैनहवास्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीयले बताएका छन् ।

कृष्ण पुनको भैंसी फर्ममा काम गर्नेले ५ जना साथी कामदारको हत्या गरि फरार भएको हुन सक्ने प्रारम्भीक अनुमान स्थानीयको छ ।

मृतकहरूको पहिचान खुलेको छैन । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताएका छन् ।

Published : Tuesday, 2020 June 9, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया