प्रदेश २ मा नक्कली नेपाली नोटसहित भारतीय पक्राउ

बारा । बारा जिल्लामा प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका– ८ लंगडाचोकबाट १ हजार दरको २ थान नक्कली नेपाली नोटसहित भारतको बिहार घर भएका २१ वर्षीय इमरान खाँलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक खाँ पचरौता नगरपालिका– ४ स्थित मामाघरमा बस्दै आएका थिए ।

लंगडाचोकस्थित पसलमा रिचार्ज कार्ड किन्ने क्रममा खाँले जाली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट नक्कली नेपाली नोटहरू बरामद भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 June 7, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया