खेम र शान्तिश्रीको स्वरमा ‘कामी दाईको छोरो’, सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । गायक खेम सेञ्चुरी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कामी दाईको छोरो’ बोलको गीत रिलिज भएको छ ।

गीतको म्युजिक भिडियोलाई बिहीबार युट्युबमा अपलोड गरिएको छ । अपलोड भएको केही घण्टामै गीतले राम्रो भ्यु पाएको छ ।

रुकुम पश्चिम जिल्लाको सोतीमा गैर दलित समूदायको सांघातिक आक्रमणमा परेर नवराज बिकसहित छ जनाको हत्या भएको घटनालाई झल्को दिने गरी गीत बनाइएको छ । गायक सेञ्चुरीले यो गीतबाट समाजमा रहेको छुवाछुतको समस्यालाई उजागर गर्ने गरी बनाइएको बताएका छन् ।

सेञ्चुरीले गीतले कुनै पनि समूदाय वा व्यक्तिलाई आघात पुर्‍याउने गरी नबनाइएको बताए । उनले भने, ‘समाजको जातीय छुवाछुतको समस्यालाई उजागरी गरी सामाजिक चेतना बनाउन गीत बनाइएको हो ।’

गीतको शब्द आशिष दवाडीले लेखेका छन् । म्युजिक पनि दवाडीले नै दिएका छन् । विनोद बाजुरालीको एरेञ्ज रहेको ‘कामी दाईको छोरो’लाई युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाश भट्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ । सुरेश श्रेष्ठको कोरोरियोग्राफ, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा गायक सेञ्चुरी र श्रीजना रेश्मी मगरले अभिनय गरेका छन् ।

Published : Friday, 2020 June 5, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया