लकडाउनका बेला सुनसरीमा ग्याङ फाइट, राईको ज्यान गयो

धरान । सुनसरी जिल्लाको तरहरामा आइतबार राति ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ ।

इटहरी गरपालिका वडा नम्बर २० तरहराको एकता टोलमा ग्याङ फाइट भएको प्रहरीले जनाएको छ । ग्याङ फाइटमा तरहराका राजन राईको ज्यान गएको छ । राईको शरीरभरि छुराले प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार राति करीव ९ बजे राईलाई तीन जनाको समूहले छुरा प्रहार गरेको इटहरी प्रहरीले जनाएको छ ।

गम्भीर घाइते राईको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीले मृतक राईलाई उनकै साथीको समूुहले छुरा प्रहार गरेको बताए । राईलाई प्रज्वल तामाङले छुरा प्रहार गरेको भण्डारीले बताए ।

घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको डीएसपी भण्डारीले बताए ।

Published : Monday, 2020 June 1, 8:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया