कम्युनिस्ट सरकारद्वारा रिचार्ज र सीमकार्डमा कर बढायो

काठमाडौं । पेट्रेलियम पदार्थमा प्रतिलिटिर दश रुपियाँ कर बढाएको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले बजेटमा रिचार्ज कार्ड र सीम कार्डम पनि २ प्रतिशत कर बढाएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा ल्याइएको बजेटमा जनतालाई भार पर्ने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दश रुपियाँ बढाएका छन् । योसँग उपभोक्तालाई ठूला भार पर्नेछ । महँगी पनि बढ्नेछ ।

दुई वर्ष अघि इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री डा.खतिवडाले यस पटकको बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाएर आलोचना खेप्नु परेको छ ।

दूरसञ्चार स्वामित्व शुल्क अन्तर्गत रिचार्ड कार्ड र सीम दुवैमा कर बढेको छ ।

ल्याण्डलाइन फोन र पोष्टपेट सीममा एक पटकका लागि ५ रुपियाँ यसअघि नै तय गरिएको थियो ।

उपभोक्ताले जुनसुकै सीमकार्ड किन्दा र रिचार्ज कार्ड किन्दा २ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्ने हुन्छ ।

अर्थमन्त्री डा.खतिवडाले सरोकारवालाहरूलाई समेत थाहा नदिई सीम कार्ड र रिचार्ज कार्डमा २ प्रतिशत कर थप्ने निर्णय सुटुक्क बजेटमा राखेका हुन् ।

Published : Saturday, 2020 May 30, 7:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया