प्रहरीलाई कुटेपछि दुर्गेस प्रहरी खोरमा पुगे

नेपालगञ्ज । प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा प्रहरीले दुर्गेस ठाकुरलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ३० वर्षीय ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सोही ठाउँस्थित पुरैनीमा जग्गासम्बन्धी विवादमा संलग्नहरूलाई सम्झाईबुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए ।

उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए ।

लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगञ्जमा सामान्य अवस्थामा उपचार भइरहेको छ ।

घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगञ्ज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

Published : Thursday, 2020 May 21, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया