लकडाउनका बेला काठमाडौंमा जुवातास खेल्ने १९ जना पक्राउ

काठमाडौं । लकडाउनका बेला जुवातार खेल्ने १३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ नारायणटारबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४६ वर्षीय गोकुल चौलागाइँसहित १३ जना रहेका छन् । उनीहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३० हजार रुपियाँ, ८ बुक तास, ६ थान पासा र १६ थान पासाको गोटीसहित पक्राउ गरेको छ ।

उता, बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ बस्ने ४९ वर्षीय रामबहादुर रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा राउतसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दोगडीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २ हजार ३ सय ९० रुपियाँ र ताससहित फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2020 May 16, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया