लकडाउनका बेला ९ लाखको गुट्खा तस्करी

वीरगञ्ज । पर्सा जिल्लामा लकडाउनका बेला लाखौँ रकम बराबरको सुर्तीजन्य बस्तु खुट्खा तस्करी गर्दै गरेका बेला प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ३१ गते राति १० बजेको समयमा प्रहरीले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ मा अबैध गुट्खा बरामद गरेको हो ।

निषेधाज्ञाको अवज्ञा गरी आवश्यक कागजातहरू साथमा नरहेको बारा जितपुरतर्फबाट ना. ७ त १४४८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सो ट्याक्टरमा ८० बोरा भुजा (प्रतिबोरा २० किलो) र उक्त भुजाको बोराले छोपी लुकाई छिपाई ल्याउँदै गरेको भोला गुट्खा ५ बोरामा रहेको ५ सय २५ प्याकेटसहित बरामद गरिएको छ ।

९ लाख ४८ हजार ५०० बराबरको गुट्खा बरामद गरिएको प्रहरीका भनाइ छ ।

ट्याक्टर र सर–समानहरू आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको छ ।

Published : Saturday, 2020 May 16, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया