लकडाउनका बेला टाउको नभएको शव फेला

लहान । लकडाउनका बेला सिरहा जिल्लाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर १७ निवासी करीव ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरदकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको डीएसपी क्षेत्रीले बताए ।

Published : Tuesday, 2020 May 12, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया