पूर्वपत्नीलाई जंगलमा देखेपछि दुबैको भयो घम्साघम्सी, त्यसपछि रेपका कुरा

सल्यान । सल्यान जिल्लामा बहुविवाह बदर भएका एक व्यक्तिले आफ्नी पूर्वपत्नीलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दर्ता भएको छ ।

आफूविरुद्ध बलात्कारको जाहेरी पूर्वपत्नीले नै दर्ता गराएपछि ती व्यक्ति फरार भएका छन् ।

शारदा नगरपालिका–८ सिमखर्कका ३३ वर्षीय युवकले शनिबार स्थानीय रारे जंगलको नर्सरीमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पूर्वपत्नीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएकी हुन् ।

बागचौरमा रहेको कुटानी पिसानी मिलबाट घरतर्फ फर्कंदै गर्दा कुटपिट गर्दै पूर्वपतिले आफूलाई जंगलमा लगेर बलात्कार गरेको भन्दै महिलाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

अदालतको फैसलाले पतिपत्नी नमाने पनि मैलै तिमीलाई अझै पत्नी मानेको छु भन्दै जबर्जस्ती करणी गरेको ती महिलाले पूर्वपतिविरुद्ध जाहेरीमा उल्लेख गरेकी छिन् ।

उनीहरू दुबै बहुविवाहको सजाए भोगेर ०७६ वैशाखमा कारागारबाट छुटेका थिए । अदालतको फैसलाले उनीहरूको विवाह बदर भएको थियो ।

Published : Monday, 2020 May 11, 7:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया