आइतबारदेखि भरी ग्यासकाे सिलिण्डर पाइने
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलोको सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।
निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको उनले बताए ।
बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए ।
बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।
चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो ।
Published : Wednesday, 2020 April 8, 9:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया