अबैध सम्बन्धले लकडाउका बेला थुनामा पुगिन् भाउजु

बर्दिबास । महोत्तरी जिल्लाको पर्साकी सगिरा खातुनलाई अबैध सम्बन्ध लुकाउन आफ्नै देवरको ज्यान लिएपछि प्रहरीले पक्राउ गरेको छ ।

खतुन १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन् । १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटीमा औलाले थिचेर ज्यान लिएको खातुनमाथि अभियोग छ ।

खातुनको आर्थिक अवस्था दयनीय थियो । सन्तानको लालपालन गर्न उनका श्रीमान् रकिवुल अन्सारी दुई वर्षदेखि विदेशमा छन् ।

खातुनका तीन सन्तान छन् । यौन प्यास मेटाउन उनले प्रेमीसँग अबैध यौनसम्बन्ध बढाएकी थिइन् ।

गत चैत ९ गते मध्यरातमा आफ्नै घरमा प्रेमीलाई बोलाएर खातुन यौन क्रियाकलाप लिप्त थिइन् । आपत्तिजनक अवस्थामा उनलाई देवर मजिवुलले देखेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर र भाउजू मिलेर घरमा आएका ती युवक (भाउजुको प्रेमी)लाई भगाएका थिए ।

त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए । खातुनले आफ्नै प्रेमीसँग राति २७ मिनेट कुरा गरोको कलडिटेल प्रहरी पत्ता लगाएको छ ।

अबैध यौन सम्बन्धको पोल खुल्ने डरले प्रेमीको योजनामा खातुनले देवरलाई घाँटी थिचेर ज्यान लिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

देवरको शव गाडन कवरगाहा जाँदै गर्दा उनलाई पक्राउ गरिएको थियो ।

देवरलाई सुतेको औछ्यानमै भाउजूले अबैध सम्बन्ध लुकाउन ज्यालन लिएको एसपी अधिकारीले बताए ।

पक्राउ परेका खातुन र उनका प्रेमीमाथि कर्तव्य ज्यानमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2020 April 7, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया