हेटौँडाको पदमपोखरीमा गोली चल्यो

हेटौँडा । मकवानपुर जिल्लाको पदमपोखरीमा तीन राउण्ड गोली चलेको छ ।

शनिबार राति हेटौंडा उपमहानगरपालिकाको पदमपोखरीमा प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको एक पसलमा ३० जनाभन्दा बढी युवाहरू एक आपसमा झडप गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाईफायर गरेको जनाएको छ ।

मदिरा सेवन गरेका युवाहरूबीच झडप हुन थालेपछि प्रहरीले गोली चलाएको जनाइएको छ । प्रहरीले एकजनालाई पक्राउ गरेको बुझिएको छ ।

Published : Sunday, 2020 March 29, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया