सिलिण्डर आधा भरेर मात्रै पाइने

काठमाडौं । सरकारले अबदेखि उपभोक्ताहरूलाई सिलिण्डर आधा मात्र भरेर दिने भएको छ ।

नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।

एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । अबदेखि सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।

मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको छ ।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले आयल निगमले बुधबार रातिदेखि नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको बताए ।

Published : Thursday, 2020 March 26, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया