टेलिकमले ‘लक डाउन’को फाइदा उठायो, गर्‍यो महँगो व्यापार

काठमाडौं । नेपाल टेलिकमले आफ्ना उपभोक्ताहरूलाई बोनस दिएको भनेर समयसीमा राखेर घुमाउरो तरिकाले संकटका बेला व्यापार गरेको भनेर आलोचना भएको छ ।

लक डाउनको समयमा फोनहरू रिचार्ज गरिए सोही रकम बराबरको बोनस दिने जनाएको थियो । तर, टेलिकमले कोरोना भाइरसको संकटका बेला लडक डाउनको मौका छोपेर बोनसवापत प्राप्त हुने रकम सिध्याउन समयसीमा तोकेको भन्दै आलोचना भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले यस्तो संकट्को समयमा नेपाली जनतालाई उल्लेख राहत सहयोग पु¥याउनुपर्नेमा घुमाउरो पाराले सर्तमाथि सर्त राखेर उपभोक्तालाई थप झन्झटसहित अल्मलाउनु र शोषण गर्नु कदापि उचित होइन भनेका छन् । उनले यसै गरी अन्य अति आवश्यक सेवा प्रदायक व्यक्ति वा निकायले पनि यस्तै सर्त राखे बिपदमा राहतको अर्थ के बुझ्ने ? भनेर प्रश्न गरेका छन् ।

वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जिएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुने जनाएको छ ।

यसरी प्राप्त गरेको वोनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिनेछ । उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन नसकिने टेलिकमले जनाएको छ ।

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिनभित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

Published : Thursday, 2020 March 26, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया