‘हर्कत’ गर्ने मीनासहित तीन जना पक्राउ

काठमाडौं । मास्का र सेनिटाइजर लुकाएर कालोबजारी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ ।

मास्क, सेनिटाईजर जस्ता सामान कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानहरूबाट मीना घिमिरे, रुपेश रौनियार र पुरुषोत्तम अधिकारीलाई पक्राउ गरेको हो ।

मास्क, सेनिटाईजर जस्ता सामानहरू उत्पादन गर्ने उद्योग, व्यवसायीहरूले कृत्रिम अभाव गराई मालको मूल्य वृद्धि गराएर अनुचिन नाफा लिएर विक्री वितरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १५ सय ५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरू बरामद गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नम्बर ४ घर भइ काठमाडौंमा बस्दै आएका ३५ वर्षीय रुपेश रौनियार, नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका ५ घर भइ काठमाडौंको टोखामा बस्दै आएका २५ वर्षीय पुरुषोत्तम अधिकारी र अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ३ ढिकुराकी घर भइ हाल गौरीघाट बस्ने ३० वर्षीया मना घिमिरे रहेका छन् ।

Published : Wednesday, 2020 March 18, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया