घोराहीमा यी महिलासहित दश जना जुवाडे पक्राउ

घोराही । दाङ जिल्लामा प्रहरीले जुवा खेलिरहेका एक महिलासहित दश जनालाई पक्राउ गरेको छ ।

शुक्रबार अपरान्ह साढे चार बजे प्रहरीले घोराही उपमहानगरपालिका लखन पार्क नजिकै रहेको रोल्पाली सृष्टि खाजा घरबाट दश जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले होटेलमा छापा मारेको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

होटल सञ्चालिका रोल्पा जिल्ला रुन्टिगढी गाउँपालिका वडा नम्बर ६, निगलपानी स्थायी घर भएकी ३८ वर्षीया छवी पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जुवाको अखडाबाट प्रहरीले नगद १ लाख ७१ हजार ५ सय ८० रुपियाँ पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा रुन्टिगढी गाउँपालिका ६, निगलपानीका ५३ वर्षीय दुर्गा पुन, रुन्टिगढी गाउँपालिका ७ डुब्रिङका ३९ वर्षीय रेशम रोका, रुन्टिगढी गाउँपालिका ७ का ३२ वर्षीय सोमराज बस्नेत, रुन्टिगढी गाउँपालिका ७ का ४९ वर्षीय धनबहादुर घर्ती मगर रहेका छन् ।

दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका ३५ वर्षीय पदमबहादुर बुढा, घोराही उपमहानगरपालिका वडा नम्बर १३ कलमघारीका ३९ वर्षीय दुर्गालाल रोका, घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना ४३ वर्षीय फाले घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क ५२ वर्षीय गनबहादुर घर्ती र घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपपुर ३५ वर्षीय जनक पुन पक्राउ परेका छन् ।

Published : Saturday, 2020 March 14, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया