बेलायतमा नेपाली युवकको शव भेटियो

लण्डन । बेलायतको केन्ट आशफोर्ड नजिकै नदी किनारामा एकजना नेपाली मृत अवस्थामा फेला परेका छन् ।

केन्ट अनलाइनका अनुसार केन्ट प्रहरीले केही दिन अघिदेखि बेपत्ता ३३ वर्षीया युगल लिम्बूको खोजी गरिरहेको थियो । उनी अन्तिम पटक शनिबार बिहान देखिएका थिए ।

लिम्बू हराएको सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा केन्ट पुलिसले उनलाई मृत अवस्थामा भिक्टोरिया पार्कको स्टावर नजिकै नदीमा फेला पारेको थियो ।

हेलिकोप्टरको सहयोगमा भिक्टोरिया पार्कलाई सेरोफोरो बनाएर गत आइतबार रातिदेखि नै युगलको खोजी गरिएको थियो ।

फेला पारेको व्यक्ति उनै युगल लिम्बू भएको पुलिसले पुष्टि गरे पनि मृत व्यक्तिको सनाखत भइसकेको छैन ।

युगलको परिवारलाई भने यसबारे प्रहरीले जानकारी दिइसकेको छ । युगलको मृत्युका बारेमा प्रहरीले केही भनेको छैन । घटनास्थल प्रहरीले घेराबन्दी गरेर राखेको छ ।

नेपालमा धरान घर भएका लिम्बू विगत ४ वर्षदेखि युकेको आशफोर्डमा बसोबास गर्दै आएका थिए । गत शनिवार मध्येराति आशफोर्ड टाउनबाट आफ्नो घरतर्फ हिँड्दै गएको सिसिटिभी फुटेजमा देखिएका लिम्बुको शब पोष्टमार्टमको लागि लगिएको छ ।

Published : Tuesday, 2020 March 10, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया