‘एक्लै छु म’मा अञ्जु पन्तको बेदना, पाण्डेले गरे न्याय
काठमाडौं । देवेन्द्र पाण्डेद्वारा निर्देशन गरिएको ‘एक्लै छु म…’को म्युजिक भिडियो रिलिज भएको छ ।
वर्षा राउत र रामबाबुको अभिनय रहेको ‘एक्लै छु म…’मा स्वर अञ्जु पन्तले दिएकी छिन् । गीतको संगीत र शब्द प्रशान्त पौडेलका हुन् ।
गीतका शब्दहरूअनुसार म्युजिक भिडियोको कन्सेप्ट बनाइएको निर्देशक पाण्डेले बताए । ‘गीतको संगीत, शब्द र स्वरको मीठासअनुसारको काम गर्नुपर्ने दवावमा म आफै थिएँ’, निर्देशक पाण्डेले भने, ‘कलाकार र शुटिङ युटिनका साथीहरू सबैले मैले सोँचेअनुसारको काम गर्नुभयो ।’
म्युजिक भिडियोका मोडल राम बाबुले गीतमा लय र कन्सेप्टअनुसार आफूले अभिनय गरेको बताए । उनले भने, ‘आफ्नो जीवन साथीलाई छाडेर बाहिर जाँदाको पीडालाई म्युजिक भिडियोमा कथावस्तु उतारिएको छ ।’
म्युजिक भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया