‘देउराली’मा भुवन र मीनाको स्वर

काठमाडौं । गायक भुवन सापकोटा र मीना अधिकारीको स्वरमा ‘देउराली’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक सापकोटाकै संगीत र शब्द रहेको ‘देउराली’लाई युट्युबमार्फत रिलिज गरिएको छ । म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका छन् ।

म्युजिक भिडियोमा पुजन घिमिरेको अभिनय रहेको छ । घिमिरेलाई सापकोटाले नै साथ दिएका छन् ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका– ९ का सापकोटाले आफ्नै गाउँको बिगतको सम्झनामा लोक दोहोरी गीत बनाएका हुन् ।

जापानमा बस्दै आएका सापकोटाले गीत संगीतमा आफूलाई निकै घुलमिल गराउँदै आएका छन् ।

जनता डिजिटल एण्ड फिल्मसले बजारमा ल्याएको हो । म्युजिक भिडियोको छायाँकन दीपक गिरीले गरेका छन् । भिडियोको सम्पादन अमृत चापागाइँले गरेका छन् ।

Published : Thursday, 2020 March 5, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया