कम्युनिस्ट नवराज सिलवालका खास मान्छे ‘गुण्डा नाइके’ कारागार चलान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद नवराज सिलवाल निकट मानिने गुण्डा नाइके लेखराम महर्जन जेल चलान भएका छन् ।

ललितपुर जिल्लामा गुण्डागर्दीसहित गैह्रकानूनी हर्कत गर्दै आएका महर्जनलाई ठगी मुद्धामा एक वर्षका लागि नखु जेल चलान गरिएको हो ।

गुण्डा नाइके महर्जनले ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा बनेका बेला सिलवाललाई साथ दिएका थिए । सिलवालको चुनावी प्रचारमा महर्जन हिँडेका थिए ।

सिलवालको बडीगार्डकै रुपमा महर्जन चुनावी प्रचारमा खटिएपछि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

गुण्डा नाइके महर्जनलाई अदालतमा उपस्थित गराउँदा महर्जनले ठगी गरेका दर्जनौँ पीडितहरू उजुरी दिन पुगेका थिए ।

गुण्डा नाइके महर्जन ललितपुरको ठेचोमा लुकेर बसेको अवस्थामा ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।

महर्जन ०७० सालमा ज्यान मार्ने उद्योगमा १ वर्ष जेल सजाय भोगीसकेका व्यक्ति हुन् ।

महर्जनको पेशा भनेकै गुण्डागर्दी र ठग्दै हिड्ने कार्य रहेको प्रहरीले जनाएको छ ।

यसअघि महर्जन पक्राउ पर्दा नेकपाका सांसद सिलवालको दवावमा छुट्दै आएको आरोप पीडितहरूले लगाउने गरेका थिए ।

गुण्डा नाइके महर्जनलाई पक्राउ गर्दा ललितपुर प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए ।

नेकपाका सांसद सिलवालकै दवावमा प्रहरीले पत्रकार सम्मेलन नगरी सिधै अदालत पेस गरेको उच्च प्रहरी स्रोतले जनाएको छ ।

Published : Wednesday, 2020 March 4, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया