नेकपा निकटका गुण्डा नाइके महर्जन ललितपुरमा पक्राउ

काठमाडौं । ललितपुर जिल्लामा गुण्डागर्दी गरेर सर्वसाधारणलाई दुःख दिँदै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डा नाइके लेखराम महर्जन पक्राउ परेका छन् ।

चेक बाउन्सको उजुरीका आधारमा ललितपुर प्रहरीले महर्जनलाई ठेँचोबाट पक्राउ गरेको हो । ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकराज राईले महर्जनलाई टेँचोबाट आइतबार बिहान पक्राउ गरिएको जानकारी दिएका छन् ।

महर्जनलाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतबाट अनुमति लिएको थियो । ईट्टा व्यापारीलाई ठगी गरेर पैसा नभएको चेक दिएपछि महर्जन प्रहरीको फन्दामा परेका हुन् ।

यसअघि पनि महर्जन पटक–पटक विभिन्न अपराधमा सजाय पाइसकेका व्यक्ति हुन् । उनले नख्खु कारागारमा एक वर्ष सजाय भाेगी सकेका छन् ।

महर्जनलाई ललितपुर नेकपाका नेताहरूले संरक्षण गर्दै आएका छन् । महर्जनलाई छुटाउन नेकपाका सांसद नवराज सिलवालसहितका नेताहरूले राजनीतिक दवाव दिन सक्ने पीडितहरूको गुनासो छ । महर्जनलाई नेकपाका सांसद सिलवालले संरक्षण गर्दै आएको आरोप छ ।

Published : Sunday, 2020 March 1, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया