‘रेलले तान्यो र’मा जम्याे डा.श्रेष्ठ र राईको स्वर

काठमाडौं । गायक समेत रहेका डा.बुद्धिमान श्रेष्ठ र गायिका मेलिना राईको स्वरमा ‘रेलले तान्यो र’ बोलको गीत सार्वजनिक भएको छ ।

लोक आधुनिक शैलीको गीतको शब्द बादल घिमिरेले लेखेका हुन् । गीतको काठमाडौंमा विशेष समारोहका वीच शुक्रबार बिमोचन गरिएको छ ।

गीतको संगीत बादल घिमिरेले नै गरेका छन् । कृष्ण भाञ्जाको एरेञ्ज रहेको ‘रेलले तान्यो र’ रत्यौलीको भाकामा रहेको गायक डा.श्रेष्ठले बताएका छन् ।

रत्यौली भाकामा रहेको यो गीत पश्चिम र पूर्वी नेपालमा लोकप्रिय मानिन्छ । गायक डा.श्रेष्ठले गीतबाट आफूलाई धेरै उत्साह थपिएको बताए ।

डेन्टल सर्जन एवं कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका डा.श्रेष्ठले स्वर दिएको यो गीतको फरक मीठास छ ।

‘रेलले तान्यो र’लाई शुक्रबार काठमाडौंमा नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा लगायतको उपस्थिति रहेको थिाये ।
डा.श्रेष्ठले गायनमा आफू रहरले प्रवेश गरेको बताएका छन् ।

‘मैले स्कूल पढ्दाताका कार्यक्रमहरूमा गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव छ’, डा.श्रेष्ठले भने, ‘व्यवसायिक रुपमा गीत रेकर्ड गराएको भने थिइनँ । यो पहिलो प्रयासलाई लिएर सबैको सुझाव आवश्यक छ ।’

गीतको शब्द लेखेका बादल घिमिरेले स्याङजा जिल्लामा गाइने गीतको भाका प्रयोग गरिएको बताए । गीतका मिक्सिङ्ग श्यावस्वेत रसाइलीले गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित कलाकार केकी अधिकारी र सागर लम्सारले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

Published : Saturday, 2020 February 29, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया