नरेश, माण्डपी र मेक्समको ‘मेरी छोरी’

काठमाडौं । संगीतकार नरेश खातीको संगीतमा ‘मेरी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेक्सम खाती र माण्डपी त्रिपाठीले स्वर दिएका छन् ।

गीतका शब्दपनि संगीतकार नरेश खातीले लेखेका हुन् । आमाबिनाकी सानी छोरीलाई बाबाले कसरी पालेको हुन्छ भन्ने भावलाई नरेशले शब्द र संगीतमा ढालेका छन् ।

संगीतकार नरेशले भने, ‘लोक तथा दोहोरी गीतहरूमा थुप्रैमा संगीत गरे । फरक शैलीका गीतहरू पनि बनाएँ । यो गीत बाल्यकालको सम्झना, छोरी र बाबुको मायालाई झल्काउन खोजेको छु ।’

मम्युजिक भिडियोमा दिलिप रायमाझी र दीया जिसीले अभिनय गरेका छन् । बालकलाकारमा अभिलिना खड्का रहेकी छिन् ।

Published : Saturday, 2020 February 22, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया