नेकपा निकटका ‘डन’ सत्यमान पक्राउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गु’ण्डा नाइके सत्यमान लामा प’क्राउ परेका छन् ।

काभ्रेली समूहका सत्यमानलाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटेको प्रहरी टोलीले पक्रा’उ गरेको हो । उनलाई सोमबार राति लाजिम्पाटबाट प’क्राउ गरेको जनाइएको छ । उनलाई अल्को’हल पिएर प्रहरीसँग वि’वाद गरेको अभि’योगमा प’क्राउ गरिएको थियो ।

काभ्रेली गु’ण्डा नाइके सत्यमान प्रहरीको उच्च निग’रानीमा रहँदै आएका छन् ।

यसअघि सत्यमान काभ्रेली ‘डन’ दावा लामासँग रहेर काम गर्दै आएका थिए । दावा लामा फरार भएपछि सत्यमानले हर्कत गर्दै आएका छन् ।

सत्यमानले काठमाडौंमा गु’ण्डागर्दी गर्ने गरेको आ’रोप छ । सत्यमान यसअघि पनि पटक पटक लु’टपाट, गु’ण्डागर्दी तथा अ’वैध ड’लर कारोबार प’क्राउ परिसकेका छन् ।

सत्यमान काभ्रेकी सांसद् नवीना लामा निकट मानिन्छन् । उनलाई नवीनाले दुई–तीन पटक जिम्मेवारी लिएर छुटाइसकेकी छिन् ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्क’रीमा समेत संलग्न सत्यमानले गत वर्ष काभ्रे सिपालीका किसानको माला लु’टेका थिए ।

सत्यमानलाई प्रहरीले र’क्तचन्दन तस्क’रीमा पनि पक्रा’उ गरेर काराबाही गरिसकेको छ ।

महानगरीय अ’पराध महाशाखामा उनीविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक ध’म्क्याएर लु’टेको उजु’री परेको छ ।

Published : Tuesday, 2020 February 18, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया