नयाँ आइजीपी नियुक्ति भएकै दिन नेकपा निकटका ‘डन’ पक्राउ

काठमाडौं । काठमाडौंमा गैह्रकानूनी गतिविधि गर्दै आएका गुण्डा नाइके मिलन लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत महाराजगञ्जको प्रहरीले बुधबार काठमाडौंको चक्रपथबाट लामालाई पक्राउ गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डा नाइके लामाविरुद्ध प्रहरीमा धेरै उजुरीहरू परेका थिए ।

काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुण्डागर्दी गर्ने लामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

काठमाडौंको टोखा–चण्डेश्वरी बस्ने ३७ वर्षीय लामामाथि थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।

लामा पहिलेनै हातहतियार खरखजाना मुद्दामा २०६७ सालमा प्रहरी बृत बालाजु र २०७० सालमा ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरी बृत महाराजगञ्जले मुद्दा चलाई सजाय पाइससकेका अभियुक्त हुन् ।

नेपाल प्रहरीमा नयाँ आईजीपी आएकी दिन प्रहरीले नेकपा निकटका डन अर्थात गुण्डा नाइके लामालाई पक्राउ गरेको छ ।

Published : Thursday, 2020 February 13, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया