गुण्डा नाइके बाहुनलाई दश वर्षको कैद फैसला

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेललाई दश वर्ष कैद सजायको फैसला सुनाएको छ ।

अदालते उनलाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद फैसला सुनाएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपियाँ जरिमाना हुने फैसला गरेको छ ।

०७१ साल साउन १४ गते बाहुनबिरुद्ध लागुऔषध मुद्दा दायर गरिएको थियो ।

बाहुन १० असार २०७१ मा २८.४ ग्राम खैरो हिरोइनसहित काठमाडौंको कलंकीबाट पक्राउ परेका थिए । उनी हाल सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामै छन् ।

Published : Tuesday, 2020 February 11, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया