इजिप्टको ‘मिस इको इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व अनुश्मा

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छिन् ।

मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले शनिबार दरबारमार्ग स्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइदिएको छ । रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनयले उनलाई ताज लगाई दिएकी थिइन् ।

रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।

रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए ।

मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् ।

२० वर्षीया पुरानो बानेश्वर निवासी रायमाझीले भनिन्, ‘प्रतियोगितामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थान प्रचार गरेर भिजिट नेपाल २०२०को समेत प्रचार गर्नेछु ।’

Published : Sunday, 2020 February 9, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया