यी हुन् भारतीय ‘सेक्सी’ बाबाकाे दिन बिगार्ने बाराका एसपी

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ५३ वर्षीय रामेश्वर भन्ने हरिनायण शर्मालाई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।

रमपुर्वा गाँउमा बिगत ४–५ वर्षदेखि साधु (बाब) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पञ्चायत बस्ने रामेश्वरले माघ १९ गते नाबालिकालाई जबरजस्ती करणी गरेका थिए ।

उनले पीडिताको घरमा खाना खाने बहाना बनाई बसी पीडिताको बुवा तथा परिवारका व्यक्तिहरू नभएको मौका पारी भाग्न उम्कन नदिई धाकधम्की देखाई जबरजस्ती कारणी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

नाबालिकालाई जबरजस्ती करणी गरेर भाग्न लागेको अवस्थामा घरपरिवार लगायतका स्थानीयले रामेश्वरलाई पक्राउ गरेका थिए ।

भारतीय नागरिक रामेश्वरलाई ईलाका प्रहरी कार्यालय कोल्हबी, बाराबाट खटिएको प्रहरी टोलीले तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेको थियो ।

रामेश्वरविरुद्ध पीडित नबालिकाको बुवाले प्रहरीमा किटानी जाहेरी समेत दिएका छन् ।

जिल्ला अदालत बाराबाट जबजस्ती करणी मुद्दामा ७ दिन म्याद अनुमति लिई रामेश्वरलाई हिरासतमा राखेर थप अनुसन्धान कार्य भईरहेको एसपी खनालले बताए ।

Published : Tuesday, 2020 February 4, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया