कम्युनिस्ट सरकारले बढायो ग्यासमा मूल्य
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएको भन्दै प्रतिसिलिन्डर २५ रुपियाँ बढाइएको जनाएको छ ।
ग्यासको मूल्य अब प्रतिसिलिन्डर १३७५ रुपियाँ भएको छ ।
निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रतिलिटर १ रुपियाँ घटाइएको निगमले जानकारी दिएको छ ।
डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपियाँ भएको छ । ग्यासको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्य समायोजन गरेपछि नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६ रुपियाँ ४० पैसा प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १६ रुपियाँ २७ पैसा प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया