२३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

धनगढी । बाईस लाख नगदसहित जिल्ला प्रहरी कार्यालय कैलालीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ रोस हाउस रेष्टुरेन्टको पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।

जुवा खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरी नायक उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले १६ जना व्यक्तिलाई नगद रु २२ लाख ८२ हजारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २८ का रबिन्द्र शाही, कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३४ को धिरेन्द्र चन्द, कन्चनपुर वेलौरी नगरपालिका १ बस्ने वर्ष ३४ का भुवन कुँवर, कैलालीको धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष ३८ को तिलक अधिकारी, वर्ष ३४ का रमेश खड्का, वर्ष ३५ का खेमराज भट्ट, वर्ष ४१ का जनक दौल्याल रहेका छन् ।

पक्राउ पर्नेमा गोदावरी १० बस्ने वर्ष २८ को सन्देश तामाङ, गोदावरी ३ बस्ने वर्ष ३८ का मोहन खड्का, बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका ८ बस्ने वर्ष ३१ का अमित गुरु, बझाङ जिल्लाको जयपृथ्बी नगरपालिका १० बस्ने वर्ष ३५ का प्रेमबहादुर सिंह रहेका छन् ।

बैतडी दशरथ चन्द नगरपालिका ४ बस्ने वर्ष ३० का सूर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने वर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष ३७ को चन्द्रमणि अधिकारी, दार्चुला जिल्ला नौगाड गाउँपालिका ४ बस्ने वर्ष ३३ को जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने वर्ष ३८ को मंगल ठगुन्नालाई प्रहरीले पक्राउ गरेको जनाएको छन् ।

Published : Monday, 2020 January 27, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया