प्रहरीकै उजुरीमा गायिका राउत पक्राउ

काठमाडौं । चर्चित गायिका आस्था राउत पक्राउ परेकी छिन् ।

प्रहरीलाई अभद्र व्यवहार गरेको विषयमा गायिका राउत पक्राउ परेकी हुन् । उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।

उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिएका छन् ।

गायिका राउत कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन् । उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो ।

माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो । विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो ।

गायिका राउतले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन् ।

त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन् । सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो ।

Published : Monday, 2020 January 27, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया