चर्चित मोडल शर्माले दिइन् ज्यान

मुम्बई । भारतीय टेलिभिजन कलाकार एवम् मोडल सेजल शर्माले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । मुम्बई प्रहरीका अनुसार शर्माको घरबाट सुसाइड नोट फेला परेको छ ।

सेजल शर्मा स्टार प्लसको टेलिश्रृंखला ‘दिल तो हैप्पी है जी’मा अन्तिम पटक अभिनय गरेकी थिइन् ।

प्रहरी निरीक्षक सन्दीप कदमका अनुसार सेजल शर्माको घरबाट फेला परेको सुसाइड नोटमा निजी कारणले आत्महत्या गरेको उल्लेख छ ।

यो घटना शुक्रबार बिहानको हो । सेजल डिप्रेशनमा रहेको बताइएको छ । सेजल शर्मा मुम्बईको मीरा रोडको शिवार गार्डन परिसरस्थित रोयल नेस्ट सोसाइटीमा साथीहरूसँग बस्ने गरेकी थिइन् ।

‘दिल तो हैप्पी है जी’ सेजल शर्माको पहिलो टेलिश्रृंखला थियो । उनी यसप्रति निकै उत्साहित रहेको उनका सहकर्मीहरूले बताएका छन् ।

यसभन्दा पहिले सेजल शर्माले विभिन्न ब्राण्डको विज्ञापनमा काम गरेकी थिइन् । उनी आमिर खान तथा रोहित शर्मा र हार्दिक पाण्ड्यासँग पनि विज्ञापनमा साथ देखिएकी छन् ।

Published : Saturday, 2020 January 25, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया