केटी जिस्काउँदा प्रहरी खोरमा

वीरगञ्ज । बारा जिल्लामा फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देवताल गाउँपालिका– २ बस्ने २० वर्षीय अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षीय इन्दल यादव पक्राउ परेको बारा प्रहरीका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेको भनी कलैया उपमहानगरपालिका– १८ को एक महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी जिस्क्याउने र पटक पटक अपशब्द प्रयोग गरी धम्कीसमेत दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको खनालले जानकारी दिए ।

उनीहरूलाई प्रहरीले कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2020 January 24, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया