पाण्डेको निर्देशनमा ‘माया हुन्छ हुन्छ’काे म्युजिक भिडियाे रिलिज

काठमाडौं । चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘माया हुन्छ हुन्छ…’ भन्ने बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

थुप्रै नेपाली चलचित्रहरू निर्देशन गरिसकेका निर्देशक पाण्डेद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् । दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक पाण्डेले बताए ।

‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छ’, उनले भने, ‘म्युजिक भिडियोमा राम्रो बनेको छ ।’

गीतमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वर रहेको छ । गीतमा संगीत र शब्द बिदुर आपगाइँको रहेको छ ।

सुनिल क्षेत्री र रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् ।

Published : Friday, 2020 January 24, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया