देउखुरीमा ससुराले जवान बुहारीको ज्यान लिए

घोराही । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरमा कुलमान कुँवरले आफ्नी बुहारी बसन्ता कुँवरको ज्यान लिएका छन् ।

माघ ८ गते राति साढे ८ बजे रामनगरस्थित निवासमा ६५ वर्षीय कुलमान कुँवरले आफ्नै सहोदर बुहारी २७ वर्षीया बसन्ता कुँवरलाई घरायसी बिबादमा चक्कुले पेट, ढाड र छातीमा हानेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुलमानको चुक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तालाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि बाँकेको कोहलपुरमा रिफर गरिएको थियो ।

बसन्ताको उपचारका क्रममा बुधबार राति करीव साढे एघार बजे निधन भएको थियो । बुहारीलाई चक्कु प्रहार गर्ने ससुरा कुलमानलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ ।

Published : Thursday, 2020 January 23, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया