गिरीको डेब्यु गीत ‘माया लाएँ’ले धड्कन बढाइदियो (भिडियो)

काठमाडौं । गायक माधव गिरीको डेब्यु गीत ‘माया लाएँ…’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो ।

गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक र पीडा भावहरू रहेको यो आधुनिक गीतबाट गायक गिरीले ठूलो अपेक्षा लिएका छन् ।

गीतमा प्रेमी र प्रेमिका तथा तेस्रो पक्षको पीडा देखाउन खोजिएको छ ।

गायनमा डेब्यु गीतलाई गिरीले ओएसआर डिजिटलबाट शुक्रबार रिलिज गरेका छन् । ‘गीत संगीतमा लागेको धेरै भयो’, गायक गिरीले भने, ‘पहिलो पटक आफ्नै स्वर, संगीत र शब्दमा गीत ल्याएको छु । मेरोतर्फबाट राम्रो गरेको छु । फैसला दर्शक, स्रोताबाट हुनेछ ।’

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका निवासी गायक गिरी पेसाले अडिटर हुन् । काठमाडौंमा बसेर आफ्नो पेशा र गायनलाई उनले एकसाथ अगाडि बढाउने प्रयासमा छन् ।

अडिटको पेशामा नलागेर तपाई गीत संगीतमा किन लाग्नुभयो भन्ने जिज्ञासामा गायक गिरीले भने, ‘गीत संगीत मलाई मात्रै होइन सबैलाई मन पर्छ । सानैदेखि गीत गाउने धोको थियो । यो गीत बनाउन धेरै गृहकार्य गरेको छु । जीवन धान्न अडिटको काम त गर्नैपर्छ ।’

‘माया लाएँ…’लाई पुरुषोत्तम न्यौपानेले गरेका छन् । मञ्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको सबै प्राविधिक कार्यमा गायक गिरीले कुनै कम्प्रमाइज गरेका छैनन् । गुणस्तरीय म्युजिक भिडियो, गीतमा बाजाहरूदेखि लोकेशन सबै उत्कृष्ट छन् ।

म्युजिक भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका छन् । नायिका मरिस्कार पोखरेल, अश्मिक लम्साल र माधव गिरीलगायतले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

Published : Saturday, 2020 January 18, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया