चोरी गर्ने चार भारतीय बारामा पक्राउ

बारा । बारा जिल्लामा प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट १३ थान मोबाइल फोन र महिलाले नाक, कानमा लगाउने फुली तथा झुम्काहरू बरामद गरेको छ ।

बिहीबार बिहान ईलाका प्रहरी कार्यालय कवहीगोठ र सशस्त्र प्रहरी बल बिओपीको टोलीले भारतीय नम्बर प्लेटको गाडीमा चेकजाँच गर्ने क्रममा ती सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नं. ३ संतगञ्जस्थित सडकमा गढीमाई मेलाबाट फर्किदै गरेको सवारी साधन चेकजाँचको क्रममा भारतीय नम्बरको बलेरो पिकप गाडीको हुडमाथि लुकाईछिपाई राखेको अवस्थामा विभिन्न कम्पनीको १३ थान मोबाईल र महिलाहरूले नाक कानमा लगाउने पहेलो धातुको सानो फुली तथा रिङ समेत फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

गाडीमा सवार महिला, पुरूष तथा बालबालिका समेत २२ जनामध्ये ४ जनालाई नियन्त्रणमा लिई म्याद थप गरिएको छ ।

बाँकी १८ जनालाई आवश्यक सोधपुछ छानबिन गरी जिम्मा जमानीमा छाडिएको छ ।

पक्राउ पर्नेमा भारत विहार राज्य छपरा जिल्ला ग्राम माठिया वडा नं.९ बस्ने जितेन्द्र तिवारी, गीता देवी, आकाशकुमार साह र गोलु तिवारी रहेका छन् ।

Published : Friday, 2020 January 17, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया