बारामा जबरजस्ती करणीमा फरार साह पक्राउ

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई शनिबार बारा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराको ०७२ चैत २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर भई फरार रहेका साहलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको छ ।

Published : Monday, 2020 January 13, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया